दफा
समितिको काम, कर्तव्य र अधिकार

४.४. समितिको काम, कर्तव्य र अधिकार ः

समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
(क) अस्पतालको व्यवस्थापन र संचालन गर्ने,
(ख) अस्पताल व्यवस्थापनको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गर्ने गराउने,
(ग) अस्पताल व्यवस्थान र संचालनको लागि आवश्यक स्रोत र साधन जुटाउने,
(घ) अस्पतालको बजेट स्वीकृत गर्ने,
(ङ) अस्पतालको सेवा शुल्क निर्धारण गर्ने,
(च) अस्पतालको भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने,
(छ) अस्पतालको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने,
(ज) उपरोक्त कार्य कार्यान्वयनको लागि आवश्यक अन्य कार्यहरू गर्ने